१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौबिसे गाउँपालिका–२ मुढेबासका १६ वर्षीय बालकलाई फागुन ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ९ गते इलाका प्रहरी कार्यालय राजारानीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि फागुन ११ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण जिल्ला अस्पतालमा फागुन १० गते गरिएको छ ।