विस्फोटक पदार्थ पड्किएर पोखरा महानगरपालिका– ३३ ठूलढुंगाका दुई जना बालक घाइते भएका छन् ।
वनमा भेट्टाएको विस्पोटक पदार्थ घरमा लगेर खेलाउँदा फागुन ९ गते दिउँसो उनीहरू घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनु भयो ।
दुवै जनाको हात र खुट्टामा चोट लागेको छ । घाइते बालकहरूलाई उपचारका लागि रामघाट स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनु भयो ।