१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय आफन्तलाई माघ १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १७ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलटारीका इन्स्पेक्टर नवराज केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १७ गते जिल्ला अस्पताल, परासीमा गरिएको डाक्टर नुरुल होदाले बताउनु भयो ।