१५ वर्षीया बालिकालाई बालात्कार गरेको कसुरमा शुक्लागन्डकी नगरपालिका–४ का १९ वर्षिय रोशन मगरलाई जिल्ला अदालत तनहुँले फागुन ३ गते १२ वर्ष कैद सजाय फैसला गरेको छ ।
न्यायधीश कोमलप्रसाद आचार्यको इजलासले अन्तिम फैसलामा अभियोग दावी पुग्ने ठहर गर्दै १२ वर्ष कैद र चार चाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १६ हजार रुपैयाँ तिनुपर्ने फैसला गरेको जिल्ला अदालतका नासु सुन्दर तिवारीले जानकारी दिनु भयो ।
बालिकालाई मगरले ०७९ वैशाख २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलचौतारामा वैशाख २९ गते उजुरी दर्ता गराएका थिए । प्रहरीले मगरलाई वैशाख २९ गते दुलेगौंडाबाट गिरफ्तार गरेको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण वैशाख २९ गते दमौली अस्पतालमा गरिएको थियो । जिल्ला अदालतले आरोपित मगरलाई ०७९ जेठ २३ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।