INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन

दोश्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने अभियानमा सहयोग पुर्‍याउने गरी अनुगमन र पर्यवेक्षण गर्ने उद्देश्यले इन्सेक साधारण सदस्य घनश्याम आचार्यको संयोजकत्वमा जेठ २१ गते पाँच सदस्यीय रोल्पा जिल्ला समन्वय समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओली, मानव अधिकार सङ्गठनका प्रतिनिधि दिनेश सुवेदी, मानव अधिकार सचेतन केन्द्र तथा सामुदायिक रेडियो रोल्पाका प्रतिनिधि प्रतिभा श्रेष्ठ र मानव अधिकार एलाइन्स रोल्पाका सचिव जीवन डाँगी रहेका छन् ।

समितिले निर्वाचन पर्यवेक्षणलाई मर्यादित बनाउन साझेदार संस्थाहरूसँग समन्वय गरी इन्सेक जिल्ला प्रतिनिधिमार्फत रिपोर्टिङ गर्ने निर्णय गरेको छ ।

अन्य

भिडियो