प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगंजमा औषधी अभावमा बिरामीह प्रभावित भएको छ । प्रादेशिक अस्पताल मातहत रहेका पर्साका चौधओटा स्थानीय तहमा पनि अहिले औषधि अभाव भएको छ । ६ महीनादेखि औषधी आपूर्ति नहुँदा नागरिक आरोग्य सेवा केन्द्र पर्सागढीको बडनियार, छिपहरमाई, पटेर्वासुगौली, बहुदरमाई र वीरगंजको बिर्तामा रहेका केन्द्रहरूमा औषधी छैन । स्थानीय तहले जिम्मा पाएको विन्ध्यवासिनी, जगरनाथपुर, पोखरियाको बैरियाबिर्ता र रानीगंज, ठोरीमा रहेको आयुर्वेदिक औषधालयमा पनि औषधि छैन ।
प्रादेशीक अस्पतालले ६ महीनादेखि औषधी खरीद नगरेकोले नागरिक आरोग्य सेवा केन्द्रमा पनि औषधीको आपूर्ती भएको छैन । औषधी अभावका कारण बिरामीहरू समस्या भोग्दै आएका छन् । पटेर्वा सुगौलीको वडा नं ३ का श्री माझीले पेट सम्बन्धी समस्याको आरोग्य केन्द्रबाट उपचार गराउदै आएकोमा औषधी अभावका कारण समस्या झेल्नु परेको बताए । त्यस्तै गरी पोखरियाको बैरियाबिर्ताका नथुनी मियाले कब्जियतको औषधी उपयोग गर्दै आएकोमा औषधी नभएकोले समस्यामा परेको बताए ।
कार्यालय प्रमुख र कर्मचारीहरूबीच आपसी मनमुटावका कारण औषधी खरिदमा ढिला भएको र त्यसको मार बिरामीहरूले खेप्नुपरिरहेको छ । अस्पतालमा सेवा लिन जाने सेवाग्राही औषधी अभावमा फर्किनु परेको गुनासो गरेका छन । पेट सम्बन्धि समस्याको उचार गराउदै आएका पर्सागढी ३ औराहका लेखराज थापाले अस्पतालमा औषधी आभाव भएका कारण आफूलाई असहज भएको बताए ।
अस्पस्तालका अध्यक्ष रहेका जिल्ला समन्वय समिति पर्साका सभापति अजय सरार्फले कर्मचारीहरूको आपसी द्वन्द्व समाधानका लागि प्रयास भइरहेको बताए । मधेश प्रदेश सरकारले प्रादेशिक अस्पतालमा औषधी खरीद र आधुनिक प्रयोगशाला निर्माणका लागि दुई करोड रुपियाँ पठाएको छ । तर कर्मचारीहरूको आपसी द्वन्द्वको कारण औषधी खरीद प्रक्रिया र प्रयोगशाला निर्माण कार्य अगाडि बढ्न नसकेको सर्राफले बताए । उनले औषधी खरीद र प्रयोगशाला निर्माणमा ढिला भएको र टेन्डरसमेत प्रकाशित नभएकोले दुई करोड रकम फिर्ता जान सक्ने भनेर चिन्ता जाहेर गरे ।
कार्यालय प्रमुख डा. रमेश मिश्र र लेखापाल रामबालक यादवबीचको असझदारीका कारण औषधी खरिद प्रक्रिया प्रभावित भएको छ । एकले अर्कोलाई दोषी देखाएर कार्यालय प्रमुख र लेखापाल उम्किने गरेका छन् । कार्यालय प्रमुखले लोखापाललाई दोष देखाएपनि लेखापाल यादवले भने कार्यलय प्रमुखसंग कुनै बिवाद नरहेको बताए ।