१५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसूरमा कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई माघ २७ गते १ वर्ष ३ महिना कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई बहुविवाहको कसूरमा १ वर्ष र बालविवाहको कसूरमा ३ महिना कैद सजाय भएको इजलाश अधिकृत कुमार सुबेदीले जानकारी दिनुभयो । सुबेदीका अनुसार आरोपितलाई बहुविवाहमा १० हजार रुपियाँ र बालविवाहमा ३ हजार रुपियाँ जरिवाना भएको छ । यसका साथै आरोपितबाट फौजदारी कसूर पीडित राहत कोषमा ४ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला भएको छ ।
जेठी पत्नी २१ वर्षीया मेनुकाकुमारी चौधरीले आरोपित पतिले १५ वर्षीया बालिकालाई ०७९ मङ्सिर १ गते विवाह गरी घर भित्र्याएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७९ पुस ५ गते उजुरी दिनुभएको थियो । प्रहरीले पुस २५ गते आरोपितहरूलाई गिरफ्तार गरी उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतमा माघ १५ गते अभियोगपत्र दायर भएकोमा अदालतको इजलाशले माघ १७ गते बालिकालाई सफाई र धामीलाई पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७