INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका जुम्ला जिल्लाको तिला गाउँपालिका ५ सापुल्लेकी कल्पना शाही र वीरेन्द्र नगर १० कि मिना विसिलाई  माघ २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।

पीडित विसिका पति टंक बहादुर विसीले १० वर्षदेखि शारीरिक मानसिक तथा यौनजन्य हिंसा गर्दै आएको पीडितको गुनासो छ । यस्तै पीडित कल्पना का पति भीम बहादुर शाहीले विगत ५ बर्ष देखि शारीरिक तथा मानसिक रूपमा हिँसा गर्दै आएको पीडितको गुनासो छ ।

पीडित दुवै जना ले कानुनी प्रकियामा जानका आर्थिक सहयोगको माग गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय मा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा मानव अधिकार सहायता कक्षको माघ २५ गते बसेको बैठकले पीडित कल्पना शाही लाई सात हजार र मिना बिसिलाई पाँच हजार रुपियाँ सहयोग गर्ने निर्णय भए बमोजिम पीडितलाई सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भएको छ ।

पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्रा खर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको परियोजना संयोजक किरण पौडेलले जानकारी दिनु भएको छ ।

Photo20230209Surkhet (3) Photo20230209Surkhet (2)

अन्य

भिडियो