INSEC Online

📅 २०८३ जेष्ठ २१

भौतिक सम्पत्ति क्षति गर्ने आरोपितहरूलाई कैद, जरिवाना

सार्वजनिक संरचना, सम्पत्ति क्षति गर्ने बोदे बर्साइन नगरपालिका–१० खडकपुरका ८ जना आरोपितलाई अदालतले ०७९ माघ २५ गते जनही १५ दिन कैद सजाय गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको इजलाशबाट ४५ वर्षीय भाइलाल भनिने दिलिपकुमार यादव, ५५ वर्षीय रामु दास, ५३ वर्षीय परमानन्द यादव, ४६ वर्षीय मौलानन्द यादव, ४५ वर्षीय बालकुमार यादव, ४४ वर्षीय रामउमेश दास, ४५ वर्षीया फौगनी दास र ४२ वर्षीय राजदेव दासलाई १५ दिन कैदका साथै जनही १ हजार रुपियाँ जरिवानाको फैसला भएको जिल्ला अदालतले जनाएको छ । आरोपितहरूलाई एकमुष्ठ २३ हजार १५० रुपियाँ क्षतिपूर्ति भराउनुका साथै ४ प्रतिशतका दरले फौजदारी कसूर राहत पीडित कोषमा जम्मा गर्न लगाउने फैसला भएको छ ।
सडक निर्माणका लागि निर्माणाधिन बाटो, पर्खाल र ना. ५ त ११९५ नम्बरको ट्याक्टर समेत ०७७ जेठ २८ गते आरोपितहरूले हुलदंगा र तोडफोड गरी साढे ४ लाख रुपियाँ बराबरको क्षति पु¥याएको भन्दै बोदे बर्साइन नगरपालिका १० नम्बर वडा अध्यक्ष सुनित कुमार यादवले ०७७ जेठ २९ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो ।
प्रहरीले आरोपितमध्ये दिलिप र रामुलाई ०७७ जेठ ३० गते गिरफ्तार गरेको थियो । अन्य आरोपितहरू विरुद्ध ०७७ असार ८ गते पक्राउ पुर्जी जारी भएकोमा बालकुमार ०७७ साउन २७ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०७७ भदौ २६ गते अभियोगपत्र दायर भएको थियो । कोभिड १९ को संक्रमणका बेला हाजिर जमानीमा छुटेका थिए ।
अदालतबाट ३५ दिने समाह्वान जारी भएपछि ०७७ माघ ६ गते हाजिर भएका रामउमेश र फौगनी, ०७७ माघ २० गते हाजिर भएका राजदेब र परमानन्द, माघ २२ गते हाजिर भएका मौलाकान्त र बालकुमार तथा माघ २५ गते हाजिर भएका रामअशिष र दिलिपकुमार हाजिर भएकै दिन जनही ५० हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि धरौटीमा रिहा भएका थिए ।

अन्य

भिडियो