१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ ठाकुरापुरका २८ वर्षीय करण पासीलाई माघ १८ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ ५ गते काम बलात्कार गरेको भन्दै माघ १८ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनुभयो ।
पीडित परिवारका अनुसार माघ ५ गते काम छ भन्दै बोलाएर बलात्कार गरेकोले न्यायका लागि उजुरी दिएको हो ।
उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर गजेन्द्र रावलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।