INSEC Online

📅 २०८३ जेष्ठ २१

मजदुर महिलाहरूमा नसर्ने रोगको समस्या पहिचान

हिमाली जिल्ला म्याग्दीको बेनी वरपर रहेका श्रमको क्षेत्रमा कार्यरत ४१ जनामा मजदुर महिलाहरूमा नसर्ने रोगको समस्या पहिचान भएको छ।

बेनी अस्पताल, स्वास्थ्य कार्यालय म्याग्दी र नेपाल ट्रेड युनियन महासंघ(जिफण्ट)को संयुक्त आयोजनामा बेनीमा आयोजित नसर्ने रोगको पहिचान र परामर्श शिविरमा सेवा लिने १९० जना महिलाहरू मध्ये ४१ जनामा रोग पहिचान भएको हो ।

बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाका अनुसार २२ जनामा रक्तचाप, ७ जनामा ब्लड सुगर (संकास्पद मधुमेह), ८ जनामा पाठेघरको मुखको क्यान्सरको सम्भावना र ४ जनामा पिसाबमा सुगर (मधुमेह रोग)को संक्रमणको पहिचान भएको हो ।

श्रमिक महिलाहरूमा स्वास्थ्य समस्या भए पनि परीक्षण र रोग निदानका लागि प्रयास नगर्ने खालको मानसिकता हुने भएकाले त्यस क्षेत्रमा भएको समस्या पहिचानका लागि शिविर आयोजना गरीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

डा.सापकोटाका अनुसार रक्तचापको समस्या देखिएका २२ जना महिलाहरुले अब तुरुन्तै औषधि सेवन सुरू गर्नु पर्ने हुन्छ । त्यसतै मधुमेहका संकास्पद अर्थात् ब्लड सुगरको बिरामीहरुले पनि नियमित निगरानीमा औषधि प्रयोग गर्नु पर्ने हुन्छ । पाठेघरको मुखको क्यान्सरको संका लागेका बिरामहरुलाई थप उपचारका लागि पोखरा रिफर गरीएको छ । १९० जनाले स्वास्थ्य सेबा लिएको भए पनि त्यसमा १६८ जना महिलाले पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर भिआइए परीक्षण गराएका थिए ।

श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यन्वयन हाम्रो अभियान भन्ने मुल नाराका साथ बेनी अस्पताल, स्वास्थ्य कार्यालय म्याग्दी र नेपाल ट्रेड युनियन महासंघ(जिफण्ट) म्याग्दीको आयोजनामा भएको उक्त कार्यक्रममा म्याग्दी सदरमुकाम बेनी र आसपासका क्षेत्र तथा पर्वत जिल्लाको जलजला क्षेत्रका महिला मजदुरहरूले सेवा लिएको जिफण्ट म्याग्दीका अध्यक्ष राजकुमार राईले बताउनुभयो ।

श्रमको क्षेत्रमा रहेका महिला तथा पुरुषहरूले आफूमा हुने स्वास्थ्य समस्यालाई सकभर नदेखाउने र जटिल अवस्था पुगेपछि मात्रै  थाहा पाउने हुँदा आर्थिक तथा भौतिक रूपमा पनि क्षती व्यहोर्नु पर्ने अवस्था सृजना हुने भएकाले नसर्ने रोगको पहिचान शिविर आयोजना गरिएको क्युपेक नेपाल केन्द्रीय सचिव बलादेवी राईले बताउनुभयो ।

शिबिरबाट प्रत्यक्ष श्रमको क्षेत्रमा रहेका महिलाहरूले सेवा लिन पाएको र लक्षित वर्ग सम्मै शिविर प्रभावकारी भएको बताउनुभयो ।

IMG_20230203_113613IMG_20230203_112302 (1)

अन्य

भिडियो