४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बरेङ गाउँपालिका–२ पोखराचौरका ४६ वर्षीय टिकाराम क्षेत्रीलाई ७ वर्ष कैद सजाय फैसला गरेको छ ।
२०७७ माघ २८ गते महिलालाई बलात्कार गरेको आरोपमा क्षेत्रीलाई जिल्ला न्यायाधीश दिवाकर भट्टको माघ १८ गतेको अन्तिम आदेशले अभियोग दावी पुग्ने ठहर गर्दै ७ वर्ष कैदसँगै २ लाख रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।
पीडित पक्षले क्षेत्री विरूद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा ०७७ फागुन १२ गते मुद्दा दर्ता गराएका थिए ।