INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–१५ का १६ वर्षीय बालकलाई प्रहरीले ०७९ माघ १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाइ फकाइ निवासमा लगि ०७९ पुस ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०७९ माघ १५ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

घटनापछि पीडितलाई आरोपितले दबाब दिएकोले ढिलो गरी उजुरी दिएको पीडित परिवारले जनाएको छ । आरोपितलाई उनकै निवाससबाट गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट माघ १६ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर जावलाखेलका एसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ माघ १६ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।

अन्य

भिडियो