भोटखोला गाउँपालिका–५ लुम्सुङका ७३ वर्षीय गोठे राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा प्रेमकुमार राईलाई माघ १५ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले माघ १५ गते बाबुलाई दाउराले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइतेको उपचारका लागि जिल्ला अस्पताल खाँदवारी ल्याउने क्रममा माघ १५ गते बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले बताउनु भयो ।
आरोपितलाई भोटखोला गाउँपालिका–५ हटिया बजारबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पलातमा माघ १५ गते गरिएको छ ।
पीडित पक्षले माघ १६ गते शव बुझी भोटखोला गाउँपालिका–५ लुम्सुङमा सद्गत गरेको छ ।