INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुम्मायक गाउँपालिका- १ का १५ वर्षीय बालकलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ असार १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १४ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी जवान युवराज दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १४ गते गरिएको छ ।

अन्य

भिडियो