सुनखानी अस्थायी प्रहरी चौकीको हिरासतमा लगेर प्रहरीले कुटपिट गरी यातना दिएर घाइते भएका सुनकोशी गाउँपालिका-४ का चार जना पीडितहरूलाई ०७९ माघ ४ गते इन्सेकले आर्थिक सहयोग गरेको छ ।
सुनकोशी गाउँपालिका-४ का बोल्न नसक्ने बासुदेव खड्का, सोही ठाउँका निर्मल खड्का, राजु खड्का र हरिशरण खड्कालाई ०७९ मङ्सिर १४ गते घरबाट गिरफ्तार गरी अस्थायी प्रहरी चौकी सुनखानीमा लगेर प्रहरीले कुटपिट गरी यातना दिएर घाइते बनाएका थिए ।
चारै जना पीडितहरूको प्रतिनिधित्व गर्ने पीडितमध्येका हरिशरण खड्काका बुवा बच्चु खड्कालाई इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धिताल मार्फत १० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।
पीडितहरूको पुस १५ गते जिल्ला अदालतका न्यायधिस बिदुर कोइरालाको आदेशले चौतारा अस्पतालमा घाउजाँच भएको थियो । पीडितहरूले पुस १८ गते यातना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।
पीडितहरूले आर्थिक कमजोर भएका कारण न्याय दिलाउन इन्सेकलाई लिखित पहल गरेका थिए ।
