INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका–३ सिन्द्राङका ३७ वर्षीय पूर्णकुमार राईलाई पुस २८ गते गिरफ्तार गरेको छ ।

१३ वर्षीया दुई जना र १५ वर्षीया दुई जना बालिकाहरूलाई ०७९ मङ्सिर १०, १३, १५ र २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले अरोपितविरुद्ध पुस २८ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानको लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरत थापा क्षेत्रीले बताउनु भयो ।

बालिकाहरूले डरत्रासका कारण अभिभावकलाई ढिलो गरी घटनाका विषयमा जानकारी गराएपछि ढिलो गरी प्रहरीमा उजुरी आएको डिएसपी थापाले बताउनु भयो ।

बालिकाहरूको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २९ गते गरिएको छ ।

अन्य

भिडियो