INSEC Online

📅 २०८३ जेष्ठ २१

आमा नभएपछि पढ्नमा भन्दा नाना र खानाको चिन्ता

गल्छी गाउँपालिका-५ छहराकी ८ वर्षीया सुनिता रमतेल श्री कालिका आधारभुत विद्यालय कुलभञ्ज्याङमा कक्षा २ मा अध्यायन गर्नुहुन्छ ।

आफ्नो बुवा को हो थाहा नभएको बताउने सुनिता रमतेललाई आमाले छाडेर हिँडेपछि समस्या नै समस्याले घेरिनु भएको छ ।

अहिले मामाघरमा हजुरबुवाको सहारामा बस्नु भएकी सुनितालाई आफ्नो बुवा आमा नै नभएपछि आफूले भोगेको दु:ख र समस्या सुनाउने र अन्य बालबालिकाले जस्तो आफ्नो माग पुरा गराउने ठाउँ पाउनुभएको छैन ।

एक पेट खान र एक सरो लागउनका लागि उहाँलाई हरेक वर्ष आपत छ । विद्यालयको खाजाले पेट पालिनु भएकी सुनिताले लगाउने कपडा गर्मी महिनाका लागि सहज भए पनि जाडो महिनाका लागि भने कष्टकर छ ।

पाँच वर्ष अघि आमाले छाडेर हिँडेको र बुवाले समेत हजुरबुवासँग छाडेर घरमा नफर्किएपछि कक्षा ५ मा अध्यायनरत ११ वर्षीय साजन भुजेल र कक्षा २ मा अध्यायनरत ८ वर्षीया सजना भुजेलको दैनिकि पनि समस्याग्रस्त छ ।

घरमा खानेकुरा छैन । एकसरो लगाउन कठिन छ । पुरानो कपडामा विद्यालय जाने भुजेल दाजु बहिनी ख्याउटे देखिन्छन् । खानका लागि विद्यालयले खाजा दिन्छ । लगाउन दिने कुरा छैन । यिनिहरूको जीवन ज्यादै कष्ट छ । विद्यालयका प्रधानाध्यापक बैकुण्ठ अधिकारीले बताउनु भयो ।

बुवा आमा भएर पनि उनीहरूका लागि अभिभावक नभएको महसुस गरिरहेका कालिका आधारभुत विद्यालयमा १२ जना विद्यालर्थी रहेका छन् । रैलेछहरासिरुवानीसाइडाँडाकुलभञ्ज्याङका बालबालिका विद्यालयमा अध्यायन गर्ने गरेका छन् । 

यहाँका अभिभावकले बालबालिकालाई कापी समेत किनेर विद्यालय पठाउन सक्ने अवस्था नभएकोले किताब च्यापेर उनीहरू विद्यालय आउने गरेका छन् ।

अधिकांश दलित जनजाती बालबालिका अध्यायन गर्ने यस विद्यालयमा ५६ जना बालबालिका अध्यायन गर्ने गरेका छन् । खास गरी उनीहरूको समस्या भनेको नाना र खाना नै हुने गरेको विद्यालयका प्रधानाध्यापक अधिकारीको भनाइ छ ।

अघिल्लो पटक स्थानीय सरकारलाई उनीहरूको अवस्था बताउँदा बताउँदै समय सकिएको र यसपटक पालिकामा गरिब बालबालिकाका लागि माग गरिएकोले सम्बोधन हुने आशामा रहेको अभिभावकहरूको भनाइ छ 

अन्य

भिडियो