INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले याङवरक गाउँपालिका–३ का १९ वर्षीय उदेश नुगोलाई पुस २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ जेठ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २६ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि याङवरक गाँउपालिका–३ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका जवान युवराज दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २६ गते गरिएको छ ।

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–१० का २२ वर्षीय मन्दीप जबेगुलाई पुस २६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७९ असार १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि फिदिम नगरपालिका–१० बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी जवान युवराज दाहालले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २६ गते गरिएको छ ।

अन्य

भिडियो