१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धिका २७ वर्षीय सौतेला बाबुलाई ०७९ पुस २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई ललाइ फकाइ गरेर विवाह गर्ने प्रलोभन देखाइ आरोपितको निवासमा लगी पुस २४ गते बलात्कार गरेको भन्दै पुस २६ गते नै पीडितकी आमाले प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनुभएको थियो ।
आरोपितलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।