INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापाको भद्रपुर नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटमा बस्दै आएका ३८ वर्षीय राजु आले मगरलाई प्रहरीले पुस २३ गते सोही ठाउँबाट गिरफ्तार गरेको छ ।

पीडितलाई पुस २२ गते घुमाउने बहानामा ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्दै आरोपित विरुद्ब पीडितका आफन्तले पुस २३ गते प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौँको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेल कालिमाटीका इन्स्पेक्टर सपना खड्काले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २३ गते थापाथली स्थित प्रसुती गृह अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो