१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–६ का २० वर्षीय सन्तोष योगीलाई पुस २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ वैशाख २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तेजबहादुर दाहालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १८ गते गरिएको छ ।