१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मादी नगरपालिका–३ का २१ वर्षीय रमेश विश्वकर्माविरूद्ध पुस २० गते प्रहरीमा उजुरी दिएको छ ।
पीडितलाई आरोपितले ०७९ पुस १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको इन्स्पेक्टर मिलन बस्नेतले बताउनु भयो ।
उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा पुस २० गते गरिएको छ ।