INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्य चौकीमा एक महिनादेखि सिटामोलसहित अत्यावश्यक औषधिको अभाव

तिला गाउँपालिका–३ कुडारी गाउँस्थित कुडारी स्वास्थ्य चौकीमा एक महिनादेखि सिटामोलसहित अत्यावश्यक औषधिको अभाव भएको छ ।
उक्त स्वास्थ्य चौकीमा सिटामोल, जीवनजल, आँखा र कानमा हाल्ने औषधि अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् ।
नेपाल सरकारले गत वर्षदेखि स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधि दिने घोषणा गरेपनि यस स्वास्थ्य चौकीमा सिटामोल, जीवनजल जस्ता अत्यावश्यक औषधि नै नपाइने स्थानीय लालसरी सुनारले बताउनु भयो । उहाँले भन्नुभयो अहिले हिउँदमा बढी चिसो हुन्छ । चिसोमा रुघाखोकी लाग्ने गर्दछ । तर स्वास्थ्य चौकीमा सिटामोल नहँुदा समस्या हुने गरेको छ ।

जुम्लामा चिसो बढेको छ । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामी औषधि उपचारका लागि स्वास्थ्य चौकीमा आउने गरेका छन् । दैनिक १५ देखि २० जना बिरामी स्वास्थ्य संस्थामा आउने गरेका छन् । तर स्वास्थ्य संस्थामा अत्यवाश्यक औषधि नहुँदा समस्या भएको हेल्थ असिस्टिेन विजय रावलले बताउनु भयो । उहाँले भन्नु भयो औषधिका लागि गाउँपालिकाको स्वास्थ्य शाखामा माग गरेका छौँ । उपलब्ध भएको छैन । दुई हप्तादेखि स्वास्थ्य संस्थामा औषधि अभाव छ ।

तिला गाउँपालिका स्वास्थ्य शाखा इन्चार्ज गणेश शाहीका अनुसार गाउँपालिकाको औषधि खरिद प्रकृयामा रहेको छ । स्वास्थ्य संस्थामा अपुग औषधि जनस्वास्थ्य कार्यालयको स्टोरबाट ल्याएर व्यवस्थापन गर्ने गरेका छौँ । छिट्टै नै औषधि खरिद गरी अपुग औषधि व्यवस्थापन गर्ने तयारी गरेका छौँ ।

Photo20230102Jumla

अन्य

भिडियो