INSEC Online

📅 २०८३ जेष्ठ २२

हत्या घटनाका आरोपितहरु बिरुद्ध उजुरी

मिर्चैया नपा–३ की ५० वर्षीया मन्तुतदेवी यादवको हत्या आरोपमा देवर ४५ वर्षीय रामदेव यादव, देउरानी ४२ वर्षीय मायादेवी यादव, सम्धी ५० वर्षी नागेन्द्र यादव र २२ वर्षीय राकेश यादव बिरुद्ध मृतकका पति रामनारायण यादवले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १४ गते उजुरी दिए ।

पुस १३ गते आरोपितको पाडोले आफ्नो बालि खाएको तथा नाक्सान गरेको कुरा आरोपितलाई भन्दा आरोपितहरुले मृतक मन्तुतदेवीलाई गालि गर्नुकासाथै कुटपिट गरेको र सो को उजुरी गर्न प्रहरी कार्यालय जादा बाटोमा पुन: आरोपितहरुले कुटपिट गर्दा घटनास्थलमै मृत्यू भएको मृतकका पति रामनारायणले बताउनु भयो ।

शवको पोष्टमार्टम प्रादेशिक अस्पताल सिरहामा पुस १५ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर वलिका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितहरु नागेन्द्र र राकेशलाई पुस १४ गते गिरफ्तार गरेको र अन्य फरार आरोपितहरुको खोजीकार्य जारी रहेको बताउनु भयो ।

अन्य

भिडियो