विदेह नपा–७ बेलापट्टी बस्ने ३० वर्षीया कविता देवी साहलाई करेन्ट लगाई पुस १० गते हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय भतिजो दिलिप साहलाई गिरफ्तार गरेको छ ।
करेन्ट लगाउँदा मृतक कविता साहको १४ महिने छोरा कार्तिक कुमार साह घाइते भएका छन् । घाइते बालक साहको काब्या अस्पताल जनकपुरमा पुस १० गतेदेखि उपचार भई रहेको बालक साहको बुबा श्रीराम साहले बताउनुभयो । शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा पुस ११ गते गरिएको छ ।
मृतकका पति श्रीराम साहले घटनाको छानवीनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पुस ११ गते दिएको जाहेरीको दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिपबहादुर क्षेत्रीका अनुसार मृतक कविताको अनुहारमा गम्भिर चोट लागेको र रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव देखिएकोले विशेषज्ञ सहितको टोलि घटनास्थलमा ल्याई अनुसन्धान गर्दै जाँदा भतिजो दिलिप साहले हत्या गरेको आंशका गरेको बताउनुभयो ।
आरोपित दिलिपको हाथको बुढि औंला तथा घाँटिको भागमा स–साना चिछोरीएको जस्तो दाग देखिएको छ । मृतक कविता साहले प्रयोग गर्ने मोवाइल आरोपित दिलिप साहको अन्डर वेयरभित्र फेला परेको, हत्याको वेला दिलिपले लगाएको जिन्स पैन्ट र भेष्टमा रगत लागेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
जिल्ला आदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७