त्रीवेणी नगारपालिकाका राप्रपाको तर्फबाट मेयरका उम्मेदवार हिमाल शाहीले सञ्चाल गरेको कुखुराको पोल्ट्रि फार्ममा जेठ ११ गते राति अज्ञात समूहले आगजनी गरेको छ ।
आगजनीबाट भौतिक संरचना, लत्ताकपडा, खटिया, टेबल, खातापाता लगायतका सामग्री गरी ३ लाख भन्दा बढीको क्षती भएको शाहीले बताएका छन् । राति ९ः३० बजेतिर अज्ञात समूहले आगो लगाएको उनको भनाइ छ ।
राति नै प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली घटना स्थल पुगेको र आगो कसले र किन लगाएको भन्ने अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी दलबहादुर वोगटीले बताए ।