अज्ञात पक्षले कञ्चन गाउँपालिका–५ वडा कार्यालयमा पुस २ गते वडाअध्यक्षको कार्यकक्षमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको छ ।
वडा अध्यक्षको कार्यकक्षका दुई २ वटा झ्यालको सिसा पूर्णरुपमा फुटेको इलाका प्रहरी कार्यालय रुद्रपुरका इन्स्पेक्टर राजाराम यादवले बताउनु भयो ।
दुई वटा मोटरसाइकलमा आएका युवाहरूले वडाअध्यक्ष ५१ वर्षीय कुलप्रसाद पौडेललाई भौतिक कारबाही गर्ने भन्दै गाली गलौज गरी पौडेलको कार्यकक्षमा ढुङ्गा प्रहार गरी तोडफोड गरेका थिए ।
स्थानीय पदमबहादुर थापाका अनुसार मध्यरातमा हल्ला गर्दै आएको समूहले वडा अध्यक्ष कुलप्रसाद पौडेल विरूद्ध नाराबाजी समेत गरेका थिए ।
घटनाको विषयमा पौडेलले पुस ३ गते आरोपितको खोजी गरी कारबाहीको माग गर्दे इलाका प्रहरी कार्यालय रुद्रपुरमा उजुरी दिएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इन्सपेक्टर राजाराम यादवले बताउनु भयो ।