अपाङ्गता ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले सुखिपुर नपा–३ का २० वर्षीय चन्दन यादव विरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा पुस १ गते उजुरी दिएका छन् ।
महिलालाई साउन २८ गते यादवले बलात्कार गरेको आरोप छ । पीडित महिला गर्भवती भएको शंका लागेपछि सोधपुछ गर्दा घटनाबारे जानकारी भएको पीडितकी आमाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १ गते गरिएको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर केशव कटुवालले बताउनु भयो ।
घटनाका आरोपित फरार रहेकोले खोजि कार्य जारी रहेको इन्स्पेक्टर कटुवालले जानकारी दिनु भयो ।