INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

 

अपाङ्गता ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले सुखिपुर नपा–३ का २० वर्षीय चन्दन यादव विरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा पुस १ गते उजुरी दिएका छन् ।

महिलालाई साउन २८ गते  यादवले बलात्कार गरेको आरोप छ । पीडित महिला गर्भवती भएको शंका लागेपछि सोधपुछ गर्दा घटनाबारे जानकारी भएको पीडितकी आमाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १ गते गरिएको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर केशव कटुवालले बताउनु भयो ।

घटनाका आरोपित फरार रहेकोले खोजि कार्य जारी रहेको इन्स्पेक्टर कटुवालले जानकारी दिनु भयो ।

 

अन्य

भिडियो