INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार गरेको आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुल्लू नगरपालिका–८ मेहलपानीका ५७ वर्षीय बलबहादुर भण्डारीलाई मङ्सिर २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

दाउरा काट्न गएकी बालिकालाई बनमा यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले मङ्सिर २७ गते दिएको उजुरीको आधारमा पुस १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पुरुषोत्तम कार्कीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते दैलेख जिल्ला अस्पतालमा गरिएको डा. धर्मराज रेग्मीले बताउनु भयो । घटनाको अनुसन्धान सुरु भएको इन्स्पेक्टर कार्कीले जानकारी दिनु भयो ।

अन्य

भिडियो