INSEC Online

📅 २०८३ जेष्ठ २१

विस्थापित भन्छन्, “आवासको अधिकार खोइ?”

०७२ साल वैशाखको विनाशकारी भूकम्पका कारण बस्तीमा पहिरो गएपछि विस्थापित रसुवाको उत्तरगया गाउँपालिका तिरु र गोगनेका १ सय ७४ घरधुरी अझै खाल्टेमा रहेको अस्थायी शिविरमै छन् ।

सात वर्ष डरलाग्दो बगरमा बित्यो । कहिले गर्मीकहिले चिसो त कहिले नदीले बगाउने डर यस्तै त्रासमा बित्यो । हाम्रो आवासको अधिकार खोइ ? यो खाल्टेवासीको आवाज हो ।

संविधानले नागरिकको आवासको हक हुने कुरा उल्लेख गरे पनि हाम्रो आधारभुत अधिकार सुरक्षित आवास कहिले पाउने उत्तरगयाको खाल्टेमा बस्दै आएका ७६ वर्षीय चन्द्र तामाङले भन्नुभयो, “यो वर्षको चिसो खप्न कठिन छ । चिसोका कारण यहाँ बस्दै आएका जेष्ठ नागरिकसुत्केरीबालबालिका समस्यामा परेका छन्” ।

कठ्याङग्रिदो चिसोमा अस्थायी छाप्राको टनिको छानामुनी उनीहरू त्रिशूली नदी किनारको टहरोमा बस्न थालेको सात वर्ष पूरा भयो । 

यही बीचमा भोट माग्दै आएका धेरै नेताले उनीहरूलाई सुरक्षित स्थानमा बस्ती सार्ने आश्वासन दिए । तर उनीहरूका पीडा समाधान गर्न कसैले ध्यान दिएनन् ।

रसुवा तिरु गोगनेका १ सय ७४ घर धुरी उत्तरगया गाउँपालिका५, खाल्टे स्थित गाउँपालिका भवन अगाडि त्रिशुली बगरमा बसोबास गर्दै आएका छन् । 

एकातिर त्रिशुली नदीमा आउने बाढीको डरअर्कोतर्फ जस्ताको टहरामा खपिनसक्ने चिसो छ । 

रातभर चुहिएको शीतको कष्ट त छँदैछ । चुनावका बेला आश्वासनका पोका बोकेर यो बस्ती नपुगेका कुनै नेता छैनन् ।

सुरक्षित आवास उनीहरूको आशा हो । तर सात वर्ष बित्योसमस्या समाधान गर्न कसैले चासो दिएन शिविरमा बस्दै आएकी स्थानीय बुटी तामाङले बताउनुभयो ।

विस्थापितहरू गाउँ फर्कने अवस्था पनि छैन । पुनस्थापित नहुँदा उनीहरूको दैनिकी कष्टकर बन्दै गएको छ । थातथलो छाड्नुको पीडा एकातिर छ भने अर्कोतर्फ नदी बगरको असुरक्षित बसाई ।

सुरक्षित पुनस्थापनाको आशा गरेका यहाँका नागरिकले भूकम्पको पीडा भुल्ने दिन कहिले आउला स्थानीय छेकु लामाले भन्नुभयो नागरिकको आवासको आधारभुत अधिकार हो तर हाम्रो माग पुरा कहिल्यै भएन उहाँले इन्सेक प्रतिनिधिसँग भन्नुभयो हाम्रो आवास कसैले सुनेन ?” 

अन्य

भिडियो