चक्रघट्टा गापा–२ बेल्हीका ७० वर्षीया सागर देवी रायलाई देवर ६५ वर्षीय रामपुकार राय र उनका ४१ वर्षीय छोरा जितेन्द्र राय र ३४ वर्षीया बुहारी अनिता देवी रायले कुटपिट गरि हत्या गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २७ गते उजुरी दिएको छ ।
जगाा बाँडफाँडको क्रममा दुई पक्षबीच विवाद हुदा आरोपितहरुले आमा सागर देवी रायलाई मङ्सिर २६ गते कुटपिट गरि हत्या गरेको मृतकका छोरा राजिब कुमार यादवले बताउनु भयो ।
कुटपिट घटनामा संलग्न आरोपित रामपुकारलाई प्रहरीले घटना भएकै दिन गिरफ्तार गरेको छ भने अन्य आरोपितहरु फरार रहेकोले खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी प्रविण पोखरेलले जानकारी दिनु भयो ।
शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, मलङ्गवामा राखिएको छ ।