बटेश्वर गापा–५ शान्तिपुर बस्ने २८ वर्षीया अमृता कुमारी यादव (रिता) लाई ३२ वर्षीय पति विरेन्द्र कुमार यादवले बन्चरो प्रहार गरि मङ्सिर २६ गते हत्या गरेको छ । विहान ४ बजे चिया पकाउने विषयमा भएको विवादको क्रममा सो घटना भएको थियो ।
यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेको डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताउनुभयो ।
गम्भीर घाइते भएकी अमृता यादवलाई उपचारको लागि जनकपुरको काव्या अस्पताल पुर्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
मङ्सिर २६ गते शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।