INSEC Online

📅 २०८३ जेष्ठ २२

बन्चरो प्रहार गरि पतिले गरे पत्नीको हत्या

बटेश्वर गापा–५ शान्तिपुर बस्ने २८ वर्षीया अमृता कुमारी यादव (रिता) लाई ३२ वर्षीय पति विरेन्द्र कुमार यादवले बन्चरो प्रहार गरि मङ्सिर २६ गते हत्या गरेको छ । विहान ४ बजे चिया पकाउने विषयमा भएको विवादको क्रममा सो घटना भएको थियो ।

यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेको डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताउनुभयो ।

गम्भीर घाइते भएकी अमृता यादवलाई उपचारको लागि जनकपुरको काव्या अस्पताल पुर्‍याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

मङ्सिर २६ गते शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।

 

अन्य

भिडियो