INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्सहान घटनाका आरोपितविरुद्ध उजुरी

काठमाडौँ महानगरपालिका–११ स्थित विश्व निकेतन मावि त्रिपुरेश्वरमा कार्यरत अनुशासन विभाग प्रमुख ४० वर्षीय नवराज लोहनीविरुद्ध आत्महत्या दुरुत्सहानको आरोपमा ०७९ मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

सो विद्यालयमा कक्षा ९ मा अध्ययन छात्रा १६ वर्षीया सदीक्षा चौधरीले मङ्सिर २० गते आत्महत्या गरेको घटनाका लागि लोहनीले विद्यालयमा गरेकको व्यवहार कारण भएको भन्दै पीडितका आफन्तले उजुरी दिएको हो ।

सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका–७ का शत्रुघन चौधरी र सारदा बिष्टलेको छोरी सदीक्षा ०७९ मङ्सिर ४ गते सम्पन्न सङ्घ र प्रदेशसभा निर्वाचनका लागि आमासँगै कात्तिक २८ गते सप्तरी गएको र उताबाट आएपछि मङ्सिर ६ गते विद्यालय जाँदा अनुशासन विभाग प्रमुख लोहनीले अमर्यादित शब्द प्रयोग गरी विद्यालयबाट फकाइएको मृतककी आमाले बताउनुभयो ।

विद्यालयले अनुशासनको कारबाहीको नाममा विद्यालयबाट घर पठाएपछि आमालाई लिएर विद्यालय गएकी बालिकालाई पुनः गालिगलौज गर्द झोला हुत्याई दुर्व्यवहार गरेपछि सदीक्ष विद्यालय नगई घरमै रहेको अवस्थामा ०७९ मङ्सिर २१ गते ललितपुर महानगरपालिका–२, सानेपास्थित डेराकोठामा आत्महत्या गरेको उजुरी पत्रमा उल्लेख छ ।

बालिका कोठामा झुन्डिएको अवस्थामा फेला परेपछि पीडित परिवारले उपचारको लागि पाटन अस्पतालमा पुर्‍याएकोमा पाटन अस्पतालका चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले बताउनु भयो ।

शवको पोष्टमार्टम मङ्सिर २३ गते पाटन अस्पतालमा गरिएको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जानकारी दिएको छ ।

मृतकको शव अस्पतामै रहेको पीडित परिवारले जानकारी दिएको छ ।

अन्य

भिडियो