१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा घरपझोङ गाउँपालिका–२ का २० वर्षीय सौगात गोतामे भन्ने सौगात घतानेलाई जिल्ला अदालत मुस्ताङले १२ वर्ष कैद र ४ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश ईश्वर पराजुलीको मङ्सिर १२ गतेको इजालसले आरोपित घतानेविरूद्ध सो पैmसला गरेको हो ।
गत कात्तिक १४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकोमा न्यायाधीश पराजुलीले उक्त फैसला सुनाउनु भएको जिल्ला अदालत मुस्ताङका श्रेस्तेदार मुकुन्द आचार्यले बताउनु भयो ।
पीडित बालिकालाई गोतामेले ०७८ साउन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध ०७८ साउन १५ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई सोही दिन घरपझोङ गाउँपालिका–२ मार्फाबाट गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले ०७८ भदौ ४ गते जिल्ला अदालत मुस्ताङमा अभियोगपत्र दर्ता गराएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १५ गते जोमसोम अस्पतालमा गरिएको थियो ।