अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय सम्वाद कार्यक्रम जेठ ४ गते सम्पन्न भएको छ ।

सीतापुर प्रध र महेशपुर पतारी गाविसमा मानव अधिकार निगरानी समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी समस्या र जिल्लास्तरीय समस्या र समाधानका उपायबारे कार्यक्रममा छलफल गरिएको थियो ।
बैठकमा सहभागीहरूले शिक्षा कार्यालय, कृषि विकास कार्यालय र स्वास्थ्य कार्यालयको सेवाप्रवाह र गुनासा राखेका थिए । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी शुरेश राउत, जिल्ला स्वास्थ्य कार्यालयका डा. चुमनलाल दास, जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्ण, कृषि विकास कार्यालयका बरिवष्ठ कृषी अधिकृत डा रामचन्द्र यादव, महिला विकास अधिकृत अनिता तामाङलगायतले सहभागीहरूका जिज्ञासाको जबाफ दिएका थिए ।
दुर्गा परियार