INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-५ का ३३ वर्षीय करम वसिनलाई जेठ १ गते गिरफ्तार गरेको छ ।

पीडित काईरा खातुनले आफू घरमा हुँदाहुँदै सोही ठाउँकी १९ वर्षीया फातिमा फातुनसँग अर्को विवाह गरेको भनी पीडित महिलाले जेठ १ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले आरोपित वसिनविरुद्ध बहुविवाह सम्बन्धी मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर पुरुषोत्तम रावतले बताए । अर्की आरोपित फातिमा भने फरार रहेकी प्रहरीले जनाएको छ ।

अन्य

भिडियो