INSEC Online

📅 २०८३ जेष्ठ २१

मतगणना स्थलको सङ्ख्या थप्न इन्सेकको अनुरोध

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मतगणनास्थल सङ्ख्या थप्न निर्वाचन अयोगसमक्ष अनुरोध गरेको छ ।

निर्वाचन पर्यवेक्षण टोलीले जेठ १ गते काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका साथै विभिन्न नगरपालिकाको मतगणनास्थलको अनुगमन गरेपछि इन्सेकले यस्तो अनुरोध गरेको हो ।

‘ठूलो सङ्ख्यामा मत खसेको यी महानगरलगायत देशका अन्य जिल्लामा जारी रहेको मतगणना प्रकृया असाध्यै सुस्त रहेको पाइयो । मतगणना प्रकृया यही गतिमा जारी राखिने हो भने सम्पूर्ण मतपरिणाम घोषणा हुन महिनौँ लाग्नसक्छ । निर्वाचन सकिएको चौबीस घण्टामा भएको मतगणनाको प्रगतिले यही कुरालाई सङ्केत गर्छ ।‘ -अनुरोध पत्रमा भनिएको छ ।

साथै इन्सेकले मतगणना छिटो छरितोरुपमा सम्पन्न गर्न वार्डअनुसारका मत बाकसको गणना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।

अन्य

भिडियो