INSEC Online

📅 २०८३ जेष्ठ २१

मौन अवधिमा रातीराती भोट माग्दै उम्मेदवार

जिल्लामा मतदाता प्रभावित पार्न स्थिर समयमा चुनाव प्रचार प्रसार भइरहेको छ । धादिङ क्षेत्र नम्बर २ (२) प्रदेशसभाका राप्रपाका उम्मेदवार डम्बर तामाङ, समानुपातिक उम्मेदवार विना लामा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा रातीराति मतमाग्दै हिड्नु भएको हो ।

राप्रपाले खनियाबास गाउँ पालिका–५ सत्यदेवी र नेकपा माओवादी केन्द्रका सिंखडा त्रिपुरासुन्दरी गाउँ पालिका–६ आगिनचोकमा मतदाता जम्मा पारेर मत मागेका हुन् ।

नेकपा एसका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले बेनिघाट रोराङ, नेकपा माओवादी केन्द्रका प्रदेश सभा उम्मेदवार शालिकराम जम्कट्टेलले गजुरी गाउपालिका–५ मा मतदातासँग मत मागेर हिँडेको गजुरी गाउँपालिका –५ का सुवास घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा समेत उल्लेख गरेर लेख्नुभएको छ ।

Dhading2 Photo 02th

अन्य

भिडियो