प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. ३ अन्तर्गत जावलाखेलस्थित निजामती प्रशिक्षण प्रतिष्ठानको दक्षिण तर्फ तथा ललितपुर निर्वाचन क्षेत्र नं ३ सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि रहेको सार्वजनिक पार्कमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले मङ्सिर २ गते राति निष्कृय पारेको छ ।

नेपाली सेनाको टोली उक्त बस्तु डिस्पोजल टोलीलाई नेपाल प्रहरीले खबर गरेपछि नेपाली सेनाले निश्कृय पारेको उक्त वस्तु कुनै बिष्फोटक पदार्थ नभई झुक्याउनको लागि राखिएको प्रेसर कुकर मात्र भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिर राज शाहीले जानकारी दिनुभयो ।
उक्त घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको र घटनामा संलग्न आरोपितहरूको खोजि कार्य जारी रहेको एसपी शाहीले इन्सेक प्रतिनिधिलाई बताउनु दिनुभयो ।