INSEC Online

📅 २०८३ जेष्ठ २१

देबीदेवताको कसम खुवाउदै भोट मागेको आरोप

मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवारले आफनो पक्षका मतदातालाई विपक्षदलका उम्मेदवारलाई मतदान गर्नबाट रोक्नकालागि प्रत्येक बस्तिमा पुगेर खसिबोका काटेर रगतमाऔला डुबाई टिका लगाई देवी देवताको कसम खुवाउने गरेको नेकपा एमालेका जिल्ला सचिव डवल रोकायाले आरोप लगाउनु भएको छ ।

निर्वाचन आचारसंहिता विपरित गठबन्धनका नेता तथा उम्मेदवारले गठबन्धन सर्मथकका मतदाताले अन्य दलका उम्मेदवारलाई मतदान नगरोस भन्ने उदेश्यले गठबन्धनका उम्मेदवार तथा नेता प्रत्येक बस्तिमा पुगेर खसि बोका काटी रगतमा औलाचोपाई टिका लगाएर देवीदेवताको कसम खुवाउने गरेको अन्य दलले आरोप लगाएका हुन ।

निर्वाचन आचारसंहिता विपरित कार्य नगर्न गठबन्धनका उम्मेदवारलाई गठबन्धनदलहरूले समयमै सचेत गराएको भए पनि यदाकता एक/दुई बस्तिमापुगेर गठबन्धन सर्मथक मतदातालाई भेलापारेर खसि काटेर रगतमा औलाचोपाई टिका लगाउने र देवी देवताको कसम खुवाउने गरेको हल्ला सुनिएको छ । यस्ता खाले कार्य नर्गन पार्टीले उम्मेदवारलाई सचेत गराएको नेपाली कांग्रेसका पार्टी सचिव लोकेन्द्र मल्लले बताउनु भयो ।

निर्वाचनमा भाग लिएका दल तथा उम्मेदवारले निर्वाचनआचार संहिताविपरित कुुनै खाले गतिविधि गर्न पाउदैनन । आचारसंहिताविपरित कार्य नगर्न सम्बन्धितदलतथाउम्मेदवारलाई अनुरोध गरिसकिएको छ । यदि आचारसंहिता विपरित कार्य गरिएको भेटिएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेमा आवश्यक कारवाही हुने जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक लक्ष्मि कृष्णा हमालले बताउनु भयो ।

अन्य

भिडियो