INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्केगाड गाउँपालिका अध्यक्ष र प्रशासकीयअधिकृत माथि हातपात

सर्केगाड गाउँपालिका–८ को रादेउ निवासी सर्केगार्ड गाँउपालिकाका अध्यक्ष ४५ वर्षीय ठान बहादुर रोकाया र सोही गाउँपालिका–३ उनपानी निवासी सर्केगाड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ३० वर्षीय नर बहादुर रावतलाई सोहीगाउँपालिका–२ रिप गाउँका २८वर्षीय याङजोर कार्की,२९ वर्षीय लव्जनकार्की लगायतका यूवाहरूले कात्तिक२४गते हातपातगरेको पीडित पक्षले आरोप लगाएका छन ।

गतभदौ महिनामा गाउँपालिकाले ५४ जना करार कर्मचारी भर्नाका लागिलिएको लिखित र मौखिक परीक्षामा एक पक्षव्यवहार गरेको र आफ्नालाई मात्र नाम निकालेर नियुक्ति गरेको आरोपमा कार्यालयमै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत रावतले बताउनु भएको छ । सोही दिन दिउँसो गाउँपालिकाको कार्यालयमा करार कर्मचारीको विषयमा छलफल चलिरहेको समयमा गाउँपालिका अध्यक्ष रोकाया र आफु माथि हातपात भएको अधिकृत रावतले आरोप लगाउनु भएको हो । मलाई मुखमा मुक्काले हिर्काए भने अध्यक्षलाई धरपकट गरेको आरोपमा कात्तिक२४ गते सर्केगाड प्रहरीचौकीमा उजुरी दिएको अधिृकत रावतलेबताउनु भएको छ ।

गत साउन २२ गते करारका कर्मचारीको नयाँ भर्नाका लागि आवश्यक प्रशासन सहायक, अनमी, अहेव, बैद्य, रोजगार सहायक, इन्जिनियर, पशु प्राविधिक, कृषि प्राविधिक, शिक्षक, कम्प्यूटर अपरेटर लगायतका ५४ ओटा पदमा खुला विज्ञापन सार्वजनिक सूचना प्रकाशित गरिनुका साथै भदौ १० गते लिखित परीक्षा सञ्चालन गरेको थियो ।

अधिकृत रावतले आफुहरू माथि हातपात गर्ने नेपाली कांग्रेसका युवाहरू रहेको आरोप लगाउनु भएको छ । यस अघि करार कर्मचारी नियुक्तिकोविषयलाई लिएर नेकपा (माओवादी) केन्द्र सर्केगाडले पालिकाको कार्यालय एक हप्ता सम्म बन्द गरेको थियो ।

प्रहरीचौकी सर्केगाडमा दिएको उजुरीका आधारमा दुवै पक्षलाई राखेर छलफल गर्ने इन्सपेक्टर गिता राम चौधरीले जानकारी दिनु भएको छ । मुखमा चोट लागेका अधिकृतको स्थानीय स्तरमै उपचार भएको गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले बताउनु भयो ।

अन्य

भिडियो