INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सामाजिक सञ्जालमा भेटिएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले सात जना शिक्षकलाई सोध्यो स्पष्टिकरण

 

जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सामाजिक सञ्जालमा भेटिएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले  सात जना शिक्षकलाई स्पष्टिकरण सोधेको निर्वाचन आचारसंहिता अनुगमन अधिकारी वीर सम्शेर घर्तीले बताउनु भयो ।

विभिन्न मितिमा शिक्षकहरुले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा आफु आस्थावान पार्टीका प्रत्यक्ष तथा सामानुपातिक उम्मेदवारलाई भोट हाल्नभन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेर पोष्ट गरेको सामग्री जिल्ला आचारसंहिता अनुगमन समितिले भेटाएपछि तत्काल उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधिएको र फेसबुकमा पोष्ट गरिएको सामग्री हटाउन समेत निर्देशन गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकारी घर्तीले बताउनु भयो ।

निमित्त जिल्ला निर्वाचन नविन अधिकारी कठायतका अनुसार सामाजिक सञ्जाल फेसबुकमा त्यसरी सामग्री पोष्ट गर्नेहरुमा श्री जनकल्यान आधारभुत विद्यालय नलगाड नगरपालिका –४ का शिक्षक मदन रावल, श्री विरेन्द्र ऐश्वर्य माविबारेकोट गापा का शिक्षक महेन्द्र बहादुर सिंह, दीपेन्द्र माविबारेकोट गापा– ३ का शिक्षक मानबहादुर शाही, गोरख आधारभुत विद्यालय बारेकोट गापा– ४ का शिक्षक मिनराज सि.ह, मालिकादेवी आधारभुत विद्यालय कुशे गापा का शिक्षक देव बहादुर शाही, मान्नेढुङ्गा मावि कुशे गापा– २ का शिक्षक दलसिंह वली र ज्ञानेन्द्र प्रावि नलगाड नपा– ४ का शिक्षक सेतेन्द्र बोहोरा रहेका छन् ।

स्पष्टिकरण सोधिएका सबैले स्पटिकरण पेश गरिसक्नु भएको र पेश गरिएको स्पष्टिकरण निर्वाचन आयोगमा समेत पठाईएको र सामाजिक सञ्जालमा पेश गरिएको सामग्री समेत हटाउन लगाई सकिएको निमित्त जिल्ला निर्वाचन अधिकारी कठायतले बताउनु भयो ।

 

अन्य

भिडियो