INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मोरङ ३ (१) मा उम्मेदवारी दर्ता सम्पन्न

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि मोरङ क्षेत्र न. ३ को प्रदेशसभा १, मा नेपाली कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराउनु भएको छ ।

लिम्बुले समर्थकसहित कात्तिक २४ गते  मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रामहरि शर्माले बताउनु भयो ।

०७९ असोज २४ गते मनोनयन दर्ता गराउनु भएका उम्मेदवार शेखरचन्द्र थापाको उपचारका क्रममा कात्तिक २३ गते मृत्यु भएपछि निर्वाचन आयोगले असोज २४ गतेका लागि मनोनयन दर्ताको समय तोकेको थियो ।

photo 20220909 Morang

बेलबारी नगरपालिका–८ का ५२ वर्षीय मानबहादुर लिम्बूले मोरङ क्षेत्र न.३ प्रदेशसभा १ का लागि मनोनयन दर्ता गराएको बताउनु भयो ।

यसअघिका उम्मेदवारको मृत्य भएपछि निर्वाचन आयोगले रिक्त रहेको उम्मेदवारको ठाउँमा अर्का उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई कात्तिक २४ गते दिउँसो १ बजेसम्मको समय दिएको थियो ।

मोरङ क्षेत्र न. ३ को प्रदेशसभा १ का उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको कात्तिक २३ गते मृत्यु भएको सूचना पुगेपछि आयोगले निर्वाचनको नयाँ तालिका बनाएर कात्तिक २४ गते मनोनयन दर्ता गराएको हो ।

कात्तिक २५ गते दिउँसो १ बजेसम्मको समयका लागि नाम फिर्ता र अपरान्ह ५ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Photo 20221011 Morang (1)

Photo 20221011 Morang (2)

Photo 20221011 Morang (3)

Photo 20221011 Morang (4)

अन्य

भिडियो