INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मोरङ ३ प्रदेशसभा ‘क’ का उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित

मोरङ क्षेत्र न.३ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार शेखरचन्द्र थापाको कात्तिक २३ गते उपचारका क्रममा मृत्यु भएपछि जिल्लामा निर्वाचन कार्यक्रम स्थगित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Photo 20220911 Morang

आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा मोरङ क्षेत्र न.३ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएको सूचना कात्तिक २३ गते आयोगमा प्राप्त भएकाले निर्वाचनका कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

स्व‌ उम्मेदवार थापा
स्व‌ उम्मेदवार थापा

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ को उपदफा २ र प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३२ को उपदफा २ बमोजिम निर्वाचन क्षेत्र अन्र्तगत पर्ने प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र न.१ को निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रम कात्तिक २३ गतेदेखि स्थगित गरिएको निर्वाचन कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

 नेपाली कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारी दिएका थापाको कात्तिक २३ गते उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनु भयो ।

०७९ असोज २३ गते प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएपछि स्वास्थ्यमा समस्या देखिएपछि थापालाई परिवारले असोज २४ गते उपचारका लागि नोवेल अस्पतालमा भर्ना गराएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले निधनका विषयमा जानकारी पाएपछि निर्वाचन कार्यक्रम स्थगित गरेको प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भएको छ ।

अन्य

भिडियो