INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मोरङ ३ प्रदेशसभा ‘क’ का एक उम्मेदवारको मृत्यु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा मोरङ क्षेत्र न.३ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएको छ ।

नेपाली कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारी दिएका थापाको कात्तिक २३ गते उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनु भयो ।

०७९ असोज २३ गते प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएपछि स्वास्थ्यमा समस्या देखिएपछि थापालाई परिवारले असोज २४ गते उपचारका लागि नोवेल अस्पतालमा भर्ना गराएको थियो ।

उपचारका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि काठमाण्डौँ लगेको र त्यहाँबाट पुन विराटनगर ल्याएर उपचार गराएको पत्नी लक्ष्मी थापाले बताउनु भयो ।

निर्वाचन अधिकृतको कार्यालयले निधनका विषयमा जानकारी गराएपछि आयोगले अरु गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयनलगायत प्रक्रिया अघि बढाउने प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भएको छ ।

shekhar thapa

अन्य

भिडियो