१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाँउपालिका–७ का २१ वर्षीय दिवस माखिमलाइ कार्तिक २० गते घरबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ वैशाख २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ल प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष राईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २० गते गरिएको छ ।