घोराही उप–महानगरपालिका–१३ की ३५ वर्षीया निरु रोकाको कात्तिक १८ गते पति ३६ वर्षीय नविन रोकाले हत्या पछि आफूले आत्महत्या गरेका छन् ।
मानसिक रोगका बिरामी रहेकी निरुको उपचारकालागि कात्तिक १७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका उनीहरु कात्तिक १८ गते डाक्टर भेट्नकालागि घोराही उपमनपा–१५ स्थित नातेदारको घरमा बास बसेका थिए ।
सोही दिन राती पत्नीको घाँटी थिचेर हत्या गरी आफूले पनि पङ्खामा झुण्डीएर आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनराज गौतमले जानकारी दिनुभयो ।
बिहान कोठाबाट कोही ननिस्कीएपछि ढोका खोलेर हेर्दा दुबै मृत भेटिएको प्रहरीले जनाएको छ ।
शवको स्वास्थ्य परीक्षण कात्तिक १८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरेर शव परिवारलाई बुझाइएको डिएसपी गौतमले बताउनु भयो ।